प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
मंसिर २०७९
भवन उद्घाटन सम्पन्न
२०७९-०८-२८

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको परिसरमा नवनिर्मित क्वाटर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्छाघरको उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यूको प्रमुख आतिथ्यतामा नवनिर्मित भवनहरुको उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । भवन उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले भौतिक पूर्वाधारको विकासले प्रहरी तालिम केन्द्रमा संचालन हुने प्रशिक्षण लगायतका गतिबिधीहरु अझ ब्यवस्थित र प्रभावकारी तवरले संचालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवन उद्‍घाटन समारोहमा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी, उप प्रमुख चन्द्र किशोर थारु, नेपाली सेनाका सहायक रथी शक्ति जंग बस्नेत, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ, अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरु, स्थानिय तहका जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी लगायत अन्य स्थानियहरुको समेत सहभागिता रहेको थियो । 

भवन उद्घाटन सम्पन्न
२०७९-०८-२६

जिल्ला प्रहरी कार्यालय, रामेछापको परिसरमा निर्मित कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत निवासको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले भौतिक पूर्वाधारको विकासले प्रहरीको काम कारबाहीलाई अझ ब्यवस्थित र प्रभावकारी तवरले सम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन समारोहमा रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, स्थानिय जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत अन्य स्थानियहरूको समेत सहभागिता रहेको थियो । 

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
२०७९-०८-२४

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा नि:शुल्क स्वास्थ सिविर सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनसँगको सहकार्यमा उक्त सिविर सम्पन्न भएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह प्रमुख अतिथ्यता तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विशिष्ट आतिथ्यतामा उक्त स्वास्थ्य सिविर सम्पन्न भएको हो ।शिविरमा नि:शुल्क भिडियो ऐक्स-रे तथा  इसिजी सेवा,  मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोगसम्बन्धी परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच पश्चात् नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।नि:शुल्क स्वास्थ्य सिविरमा नेपाल प्रहरीका २ सय ३१ जना तथा सशस्त्र प्रहरी वल नेपालका ४५ जना सकल दर्जाका कर्मचारीहरू तथा १५ जना प्रहरी कर्मचारी परिवारका सदस्य गरी २ सय ९१ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिनुभएको थियो । जसमा महिलाको संख्या ७३ जना र पुरुषको संख्या २ सय १८ जना रहेको थियो । मिति २०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । स्थापना कालदेखि नै संस्थाले प्रहरी परिवारका महिलाहरूको मात्र नभै समग्र महिलाहरूको सिप विकास, आय आर्जन, स्वास्थ्य, शिक्षा, क्षमता अभिवृद्धि जस्ता विभिन्न बिषयहरूमा सचेतनाको लागी कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यसका साथै संस्थाले अमर प्रहरी परिवार, घाईते, दिर्घरोगी प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहारा विहिन वृद्ध वृद्धाहरूलाई राहत सहयोग तथा समय समयमा नि:शुल्क स्वास्थ्य शिविर पनि सचालन गर्दै आईरहेको छ । नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा हालसालै बहालवाला प्रहरी कर्मचारी, निजका परिवारजन, अमर प्रहरी परिवार र पूर्व प्रहरी परिवारको स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्न चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मेघा अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर भई कार्यान्वयन समेत भईरहेको छ । त्यसैगरी शैक्षिक छात्रवृत्ति प्रदान गर्न देशका विभिन्न शैक्षिक संस्थाहरूसँग समेत सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।  

बलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना
२०७९-०८-२२

चितवन, ईच्छाकामना गाउँपालिका-३ फिस्लिङ स्थित पृथ्वी राजमार्गमा बलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । नारायणगढबाट काठमाडौ जाँदै गरेको ना४१प ५४८ नं. मोटरसाईकल र सोहि दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३-००१ च १६८२ नं.को बलेरो एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधन सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा मोटरसाईकल चालक जर्मनि नागरिक ६० वर्षीय Michael Meyer Olbersleben (पासवर्ड नं. 246378959 भएको) घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याई ईसिजि गरी हेर्दा निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

मानिस मृत अवस्थामा फेला
२०७९-०८-२२

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजले स्थित मसाने खोलाको भिरको गोरेटो बाटो देखि १०० मिटर तल जंगलमा मृत मानिसको लाश फेला परेको छ । लाश जिल्ला दोलखा शैलुङश्वरी गाउँपालिका-३ मागादेउराली बस्ने ७६ वर्षीय रत्न बहादुर श्रेष्ठ रहेका छन । निज त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजले स्थित रहेको आफ्नै जग्गा हेर्न घरबाट निस्केका थिए । जग्गा हेर्न निस्केका निज श्रेष्ठ हराई बेपत्ता भएका थिए । घटनास्थल मुचुल्का तथा लाशको पोष्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा भईहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

तालिम समापन
२०७९-०८-१९

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा बागमती प्रदेश प्रहरी गण हेटौंडामा संचालित रेडियो अपरेटर ग्रेड थ्री (प्र.ज.) तालिम १६ औं समुहको दीक्षान्त समारोह सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी गण हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक गौतम मिश्रले तालिमको समापन गर्नुभएको हो । ७५ कार्यदिन अवधीको उक्त तालिममा २५ जना पुरुष र ५ जना महिला गरी ३० प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूको समेत सहभागिता रहेको थियो । 

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न
२०७९-०८-१६

नेपाली सेनाको श्री नेपाली सैनिक स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक गौतम मिश्रले बागमती प्रदेश प्रहरीको समग्र वस्तुस्थितीको जानकारी गराउँदै जिम्मेवारीको क्षेत्र, प्रहरी कामकारबाही तथा शान्ति सुरक्षा र सहकार्यको बारेमा जानकारी प्रदान गर्नुभएको हो । प्रशिक्षण पश्चात शिक्षार्थी अधिकृतहरूले राख्नुभएको बिभिन्न जिज्ञासाको समेत प्रहरी उपरीक्षक मिश्रले सामाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीबाट १ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १ जना गरी जम्मा ४३ जना शिक्षार्थी अधिकृत तथा ३ जना नेपाली सैनिक स्टाफ कलेजका शिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।  

सवारी दुर्घटना
२०७९-०८-१४

सिन्धुली, कमलामाई नगरपालिका-८ हर्दिया पुल स्थित बि.पि.राजमार्गमा सवारी दुर्घटनामा परी जिल्ला खोटाङ खोटाङ गाउँपालिका-३ बस्ने २६ वर्षीय सबिन तामाङ गम्भिर घाईते भएका छन । दुर्घटना भिमान तर्फबाट सिन्धुली तर्फ जाँदै गरेको बा ७ च ५१७० नं.को बोलेरो पेट्रोल पम्पमा तेल हाल्न जाने क्रममा सोहि दिशा तर्फ जाँदै गरेको बा ५९ प ६८१६ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सबिन तामाङको बाया खुट्टा, चिउडोमा चोट लागि गम्भिर घाइते भएका छन । घाईतेको उपचार सिन्धुली जिल्ला अस्पतालमा भईरहेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा नियन्त्रणमा
२०७९-०८-१४

मकवानपुर, मनहरी गाउँपालिका-६ कत्लेखोला स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा लोड गर्दै गरेको अवस्थामा WB59C6735 नं.को ईन्डियन ट्रक नियन्त्रणमा लिएको छ । विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा र सशस्त्र प्रहरी बल IRT पोष्ट कत्लेखोला मकवानपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलिले नियन्त्रणमा लिएको हो । ट्रकभित्र पलास्टिको बोरामा प्याक गरि लुकाई छिपाई राखेको १२ वटा पोका लागुऔषध गाँजा तौल गर्दा ७९ के.जि. फेला परेको थियो । प्रहरीले लागुऔषध गाँजा सहित ट्रक नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्य गरिरहेको छ ।

सवारी दुर्घटना
२०७९-०८-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६, गौरीटार स्थित धरान चतरा सडक खण्डमा मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् । फुर्केचौरबाट हेटौंडा बजार आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा हेटौंडा–१८ हर्नामाडीका २८ वर्षीय आशिष ढकालको मृत्यु भएको, सोही ठाउँका २९ वर्षीय दिपु लामा गम्भीर घाइते भएका छन् । बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको । 

राँगो आतंक पश्चात गोली हानि मारिएको
२०७९-०८-०८

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.३ सुनकोशी बस्ने पशुपती श्रेष्ठले पालेको राँगो अचानक बाँधेको ठाँउबाट फुस्की बलेफी गाउँपालिका वडा नं. ७ तर्फ भाग्दै जाने क्रममा सोही स्थान बस्ने वर्ष १६ को उमेश ढुङगाना बिहान कलेज जाने क्रममा राँगोले हानि हातमा सामान्य चोट लागेको तथा ऐ. ऐ. बस्ने वर्ष ६९ की  गोरी माया भुजेल राँगोलाई देखि भाग्ने क्रममा लडी छातीमा चोट लागेको अवस्था सामान्य रहेको,  राँगो बलेफि गाउँपालिका-७ साँउने जंगलबाट निस्की लामोसाँघु बजार र अधेरी बजारमा आतंक मच्चाउदै हिडेकोले उक्त राँगोबाट थप मानबिय क्षती नपुगोस भनि रागोलाई नियन्त्रणमा लिन गोली हानि मारिएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०८-०१

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५, रातोमाटे स्थितबाट प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । पुर्व पश्चिम सडक खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले बिरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको ना.५.ख १७५८ नं.को बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-११, थानाभर्याङ बस्ने २४ वर्षीय सुमन लामाले बसेको सिट को कबरमा लुकाई छिपाई ल्याएको लागुऔषध नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल फेला परेको थियो । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।  यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<